२०८२ भाद्र ६ | Aug 22, 2025

गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभए सदन चल्न नदिने प्रतिपक्षीको अडान

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६

ललितपुर । आज पनि प्रतिनिधिसभाको बैठक बस्न सकेन । दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने अडान राखेर सदन अवरोध गर्दै आएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सदनको वार्षिक क्यालेन्डर बनाउने विषयमा छलफल हुने भनिएको थियो । तर, विपक्षी सांसदहरुले आफ्ना माग पूरा नहुँदासम्म सदन चल्न नदिने अडान लिएका कारण आज पनि प्रतिनिधिसभाको बैठक बस्न सकेन । विपक्षीहरु आफ्ना माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने भनिरहेका छन् ।

सभामुख घिमिरे देवराज घिमिरेले जेठ २० गतेबाट सुचारु हुने बजेटमाथिको सैद्धान्तिक छलफलमा क्यालेन्डर बनाउने विषयमा प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया