गृह मन्त्रालय मातहतका ६ जना सहसचिवको सरुवा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८
|
306 views

ललितपुर - ललितपुर । गृह मन्त्रालयले मातहतका ६ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै गृहमन्त्री स्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको छ । सहसचिव सुरेन्द्र पौडेललाईे बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत भरतमणि पाण्डेलाई मन्त्रालय तानिएको छ ।
यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई मन्त्रालयमा तानेर शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै पाँचथरको रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई भने यस अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइसकिएको छ ।

 

 पात्रो/राशिफल  रेडियो YouTube