२०८२ भाद्र १८ | Sep 03, 2025

गोंगबुको एक घरबाट ३ करोड बरामद, एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १८
|
867 views

ललितपुर । गोंगबु टाउन प्लानिङको एउटा घरबाट प्रहरीले रहस्यमय तरिकाले तीन करोड नगद बरामद गरेको छ । अनुसन्धानका लागि प्रहरी उक्त घरबाट एक वृद्धालाई नियन्त्रणमा समेत लिएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले छापामारी ठूलो परिमाणमा अवैध रकम बरामद गरेको हो । प्रहरी टोलीले उक्त घरबाट सुनका गहना पनि ठूलो परिमाणमा बरामद गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार गोरखा घर भएका विनोद श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement