गोरखाका विभिन्न भागमा भारी हिमपात, जनजीवन प्रभावित

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ११
|
1.1k views

ललितपुर - गोरखा । गोरखा जिल्लाको विभिन्न स्थानमा भारी हिमपात भएको छ । गोरखाको उत्तरी भागमा पर्ने चुमनुब्री गाउँपालिका–१ साम्दो र सामागाउँमा सोमबार रातिदेखि हिमपात सुरू भएको बिओपीले जानकारी दिएको छ ।

सोमबार बेलुकैदेखि हिमपात भएपछि मंगलबार त्यहाँको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरूलाई समेत सकस भएको छ ।

उता ५१०६ मिटर उचाइमा रहेको लार्केपास गएका विदेशी पर्यटकहरू रोकिएका छन् । उनीहरू घरबाट बाहिर निस्कन सकेका छैनन । बाक्लो हिउँ जमेको र अझै पनि हिउ पर्ने क्रम नरोकिएकोले त्यहाँ पुगेका पर्यटक तथा स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।

त्यहाँको स्थानीय प्रशासनले समेत हिमपातका बेला यात्रामा ननिस्कन सबैमा आग्रह गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube