|
|
२०८२ पुष २४
4k views

ललितपुर - ललितपुर । यस वर्ष गोलभेंडाको मूल्य आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य अनुसार यस वर्ष गोलभेडाको मूल्य विगतका वर्षहरूमाभन्दा निकै उच्च छ ।
समितिले निर्धारण गरेको मूल्य अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११० रहेको छ ।
यो मूल्य थोक मूल्य हो । सर्वसाधारण उपभोक्ताका लागि यो मूल्य भन्दा अझ बढी पर्न जाने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बिजनेस पाटी