२०८२ भाद्र ६ | Aug 22, 2025

गौशालामा बस अनियन्त्रित भएर दुर्घटना, ७ वटा सवारी साधनलाई ठक्कर

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७

काठमाडौँ । काठमाडौँको गौशालास्थित पिंगलास्थानमा आज एक यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकमा गुडिरहेका मोटरसाइकल लगायतका अन्य सातवटा सवारीसाधनलाई ठक्कर दिएको छ ।

तीनकुनेबाट एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँको जानकारी दिएको छ । बसको ठक्करबाट ३ जना घाइते भएका छन् ।

बस अनियन्त्रित भएर ठोक्किने क्रममा घाइते हुनेहरुमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।

गोकर्णेश्वर यातायातका बस चालक भने फरार छन् । सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया