२०८२ भाद्र १७ | Sep 02, 2025

ग्राण्ड कार्निभलमा बजाजका दुई नयाँ मोडल सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७
|
51 views

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले बजाज पल्सर एन १६० र एन १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा आयोजना भइरहेको ग्राण्ड कार्निभलमा सार्वजनिक यी मोडलहरू पर्फमेन्स, प्रविधि र डिजाइनको नयाँ संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

पल्सर एन १६० मा १६४.८२ सीसीको इन्जिन, डुअल च्यानल एबिएस, अपसाइड डाउन फोर्क, नाइट्रोक्स मोनोशक सस्पेन्सन र टर्न(बाइ(टर्न नेभिगेसन जस्ता फिचर छन्। यसले १६ पीएस पावर र १४.६५ एनएम टर्क दिन्छ।

त्यस्तै, पल्सर एन १२५ मा १२४.५८ सीसीको इन्जिन, काउन्टर ब्यालेन्सर, ५ स्पीड ट्रान्समिशन र उत्कृष्ट इन्धन दक्षता रहेको छ।

गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले पल्सर ब्रान्डले इनोभेसन र पर्फमेन्सको प्रतीकका रूपमा नयाँ उचाइ छोएको बताए।

ग्राण्ड कार्निभलमा टेस्ट राइड, स्थानमै फाइनान्स, एक्सचेन्ज सुविधा, नगद पुरस्कार, निःशुल्क एक्सेसरीज लगायतका अफर उपलब्ध छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement