२०८२ भाद्र ६ | Aug 22, 2025

ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शेयरमूल्य निर्धारण

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शेयरमूल्य निर्धारण भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यसपटक बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि ग्रीन डेभलपमेन्ट बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको ५.७५ प्रतिशत बोनस शेयर समायोजन छ । मूल्य समायोजन पछि अहिले बैंकको शेयरमूल्य एक हजार तीनसय ४७ रुपैयाँ ४५ पैसा कायम भएको छ। यसअघि नेप्सेले अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको थियो। बिहीबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता एक हजार चारसय २४ रुपैयाँ ९३ पैसामा अन्तिम कारोबार भएको थियो।

बैंकले चैत २७ गतेलाई बाग्लुङ्ग नगरपालिका २ मा आफ्नो बाह्रौँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त दिन सभा बिहान ११ बजे शुरु भनिएको छ ।
१२ औं सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । तत्पश्चात् कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसगरी १२ औं साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त लगायतका अन्य प्रस्तावहरु समेत पारित गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया