ग्लोबल आइएमई बैंकको चितवनको कुमरोजमा १०३ औ शाखारहित बैंकिङ्ग सेवा
बिजनेसपाटी ५ अशोज
ग्लोबल आइएमई बैंकले बिहीबार नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ ।
बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका वडा नं. १२ कुमरोजमा आफ्नो १०३ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ ।
कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखा अन्तर्गत रहने छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया