ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर ७
|
867 views

ललितपुर - काठमाडौँ, ७ मंसिर २०८१ 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ।

    बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

      नेप्सेले बैंकको ५.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २४१ रुपैयाँ ७१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, बैंकको शेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आगामी आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

      बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

      Advertisement

      सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

       पात्रो/राशिफल  रेडियो YouTube