ग्लोबल आइएमई बैंकद्वारा नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बिजनेसपाटी ५ मंसिर ।
ग्लोबल आइएमई बैंकले मसिंर ४ गते मंगलबार आयोजना गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ ।
गोगंबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्धेश्यले ग्लोबल आइएमई बैंक लि. ले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गर्दै आउनु भएका चार्टर्ड अकाउटेन्ट शेष मनि दाहालले नेपालको कर प्रणलीका बिषयमा व्यवसायीहरुलाई जानकारी गराए । सोही विषयमा त्यहाँ उपस्थित होटल व्यवसायीहरु बीच केहिबेर अन्र्तकृया कार्यक्रम समेत संचालन भएको थियो । साथै सोहि कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया