२०८२ भाद्र ६ | Aug 22, 2025

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २०

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । पछिल्लो चार दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया