२०८२ भाद्र ६ | Aug 22, 2025

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २६

ललितपुर । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँ घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको छ । आईबारको बजारमा चाँदी दुई हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया