२०८२ भाद्र ६ | Aug 22, 2025

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९

ललितपुर । आज साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। विहीबार तोलामा १ हजार ७०० ले बढेको सुनको मूल्य शुक्रबार भने भटेको हो ।

आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ कायम थियो।

त्यस्तै, बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी, आज २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया