२०८२ भाद्र ६ | Aug 22, 2025

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार उच्च विन्दु (प्रतितोला एक लाख ८६ हजार)मा पुगेको सुनको मूल्य मंगलबार भने घटेको छ ।

आज सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । लगातार तीन दिन सुनको मूल्य निरन्तर ऐतिहासिक रेकर्ड बनाउदै बढेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया