२०८२ जेष्ठ १९

काठमाडौं । काठमाडौंको चक्रपथ र चक्रपथभित्रका धेरैजसो स्थानमा प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले दिनहुँ गरिने प्रदर्शनले अत्यावश्यक सेवा, शान्तिसुरक्षा र यातायातमा अवरोध पुगेको भन्दै अनशन, धर्ना, जुलुस र सभाजस्ता विरोध कार्यक्रम गर्न रोक लगाएको छ । प्रशासनले कुनै पनि राजनीतिक दल तथा अन्य जोकसैको प्रदर्शनको लागि बल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र छुट्याइदिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया