चट्याङ लागेर एक महिलाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९
|
357 views

ललितपुर - त्रिवेणी । रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको हिजो (आइतबार) साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत्यु घोषणा गरेको जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube