चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न

काठमाडौं १९ असार २०८१-नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा आयोजि कार्यक्रममा काला, साहित्य र चलचित्र क्षेत्रका विशिष्ठ महानुभावहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा त्रि वि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्न पर्ने आवश्यकता छ । चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रुपान्तणरकोनिम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ धारण राख्नु भयो ।
कार्यपत्रमाथि आफ्नो धारण राख्दै बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र हो । भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविंग गरेको जस्तो हुन पुगेको हो । भन्ने धारण राख्नु भयो । साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो । अहिलेको अवस्थामा कला र साहित्यलाई यसलाई हेर्ने दृश्टीकोण गलत छ हामीले बदल्न पर्छ भन्दै उहाँले कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ भन्दै चलचित्र पनि मानविय समवेदनासँग जोडिएको एउटा पाटो हो । चलचित्रको मुटु भनेको पटकथा हो । पटकथा चलचित्रको साहित्यको मूल अंश हो । विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो । नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेकोमा बधाइ समेत ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको हो । आगामि दिनहरुमा पनि हामी यस्ता कार्यक्रमहरुको आयोजना गर्ने छौँ हामी । उहाँलेभन्नु भयो, चलचित्र आफैँ साहित्य हो । चलचित्र प्रविधिसहतिको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधाहररु समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ । आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ चलचित्र तर्सथ यसको कथा भन्ने शैली फरक छ ।
कार्यक्रमा कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास त उजागर गर्यो तर चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन सकेन । सहित्यका साना साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ । चलचित्रको व्यबसायिक पाटो एउटा हो तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौति छ नेपाली बजारमा । पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुंगानाले भन्नु भयो कार्यपत्रको विषय एकातिर कार्यपत्र अर्कोतर्फ गयो । चलचित्रको मुल्यांकन प्राविधिक पक्षबाट मात्रै भयो । सैद्धान्तिक पक्षबाट यसको विश्लेषण भएन भन्नु भयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चलचित्र साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको बताउनु भयो । उहाँले न्नु भो चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्य भन्दा दृश्य साहित्य अझ प्रभावकरी माध्यम हो भन्ने मलाई लाग्छ ।
कार्यक्रमकको औचित्यमाथि प्रस्ट पार्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यष एवम् कार्यक्रमका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा हामीले यो किसिमको बहस सुरु गरेका छौँ । चलचित्र पनि साहित्य हो एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ । यसको प्रभावकारीता पनि समाज रुपान्तरणमा रहेको छ ।
कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचत्रि पत्रकार विजयरत्न तुलाधार, नायिका विमला केसीलगायत महानुभावहरुले आफ्नो आफ्नो धारण राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया