|
|
२०८२ पुष १४
1.3k views
ललितपुर । चाँदी आयातको भुक्तानीमा नयाँ व्यवस्था लागू भएको छ । एकपटक मात्र चाँदी आयात गर्नेहरूको हकमा अब विशेष सुविधाको व्यवस्था गरिएको छ । अब उद्योगहरूले महिनामा एकपटक मात्रै चाँदी आयात गरेमा अमेरिकी डलर २० लाख रुपैयाँसम्म र अन्य व्यवसायीहरुको लागि अमेरिकी डलर चार लाखसम्मको सटही सुविधा प्रदान गरिने भएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र प्रक्रियामा यस्तो नयाँ व्यवस्था लागु गरेको हो ।
राष्ट्र बैंकले पौष १३ गते परिपत्र जारी गर्दै वाणिज्य बैंकहरूलाई यससम्बन्धी निर्देशन दिएको छ । यो व्यवस्थाले चाँदी व्यवसायीहरूलाई कच्चा पदार्थ आयातमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।









फेसबुकबाट तपाईको प्रतिक्रिया