२०८२ भाद्र ६ | Aug 22, 2025

चौतर्फी दवावपछि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न अर्थमन्त्रालयमा छलफल हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न अर्थ, गृह र शिक्षामन्त्री सम्मिलत बैठक बसिरहेको छ । शिक्षकहरुका मागलाई लिएर चौतर्फी दबाव आउन थालेपछि मन्त्रीहरू छलफलमा जुटेका छन् ।

यतिबेला सिंहदरबारस्थिर अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ ।
गत चैत २० गतेदेखि निरन्तरत सडक आन्दोलन गरिरहेका शिक्षकहरु नयाँ वर्षका दिनमा पनि सडकमै बसे । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरुलाई चासो बढेको छ ।

आज शिक्षकका मागका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लागि मन्त्रीहरुको बैठक बसेको हो ।

करिव दुई हप्तादेखि आन्दोलन गरिरहेका शिक्षकहरुका कारण विद्यालय नयाँ भर्ना अभियानका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएकाले मन्त्रीहरु यस विषयमा छलफलका लागि जुटेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया