२०८२ आश्विन १६ | Oct 02, 2025

चार वटा संसदीय समितिको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १२
|
51 views

ललितपुर । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरूसँग छलफल हुने छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । भने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।
यसैगरी संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका माननीय सदस्यहरूलाई कार्य योजना वितरण गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया