
ललितपुर । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्म अर्थात एघार महिनाको विप्रेषण आप्रवाह (रेमिट्यान्स) अघिल्लो वर्षको तुलनामा बढेको छ । चालू आर्थिक वर्षमा रेमिट्यान्स मार्फत रु. १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भन्दा चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको प्रतिवेदनले अघिल्लो आर्थिक वर्षमा चालू आर्थिक वर्षमा रेमिट्यान्स बढेको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । २०८१ को सोही महिनामा यस्तोआप्रवाह रु.१ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो । तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको जेठ महिनामा मात्र ४८ अर्ब १३ करोड बढी देखिएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया