२०८२ आश्विन १७ | Oct 03, 2025

चितवनमा एकै व्यक्तिले गरे परिवारका दुईजनाको हत्या

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २
|
153 views

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ नम्बर वडा शुक्रनगरका एक व्यक्तिले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् । ४२ वर्षीय लिलाराज गिरीले आफ्ना दाजु दया गिरीको छोरा अन्दाजी ६–७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनापश्चात् अभियुक्त लिलाराजले सोही खुर्पाले आफ्नै घाँटी समेत रेटेका थिए । अहिले उनी आफै पनि गम्भीर अवस्थामा छन् । उनको उपचार जारी छ ।

लीलराजले किन यस्तो किसिमको घटना घटाए भन्ने कारण अहिलेसम्म खुल्न सकेको छ । उपचारसँगै प्रहरीले लीलराजमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया