चिरख्वा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारण सभा सम्पन्न
काठमाण्डौ २३ असार २०८१ ।
चिरख्खा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारणसभा क्वालिटी ब्याङक्वेट बुद्धनगरमा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाको अध्यक्षता चिरख्वा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक राइले गरेका थिए । कार्यक्रममा संचालकहरु क्रमश वरिष्ठ अधिबक्क्ता केदार कार्की, गणेशमानसिंह कार्की, दावा जाङमु श्रेष्ठ लामा, स्वतन्त्र संचालक पहाड श्रेष्ठ, पब्लिक संचालक प्रतिक्षा पौडेल, आन्नदमणि रावल लगायत विभिन्न शेयरधनीहरुको बाक्लो उपस्थीति रहेको थियो ।
कार्यक्रमको उद्घाटन हाइड्रोपावरका अध्यक्ष दीपक राइले पानसमा बत्ति बालेर गरेका थिए । अध्यक्ष राइले कार्यक्रममा बोल्दै कम्पनीको अधिकृत, जारी तथा चुक्क्ता पुँजी रु ४० करोड रहेको बताए । उनले कम्पनीको जारी पुँजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्बसाधारणलाई छुट्याउने निर्णय बमाजिम संस्थापक शेयरधनीहरुको २८ करोड र सर्वसाधारणको १२ करोड लगानी भएको बताए ।
त्यसैगरी अध्यक्ष राइले कम्पनीको आयोजना माथिल्लो चिरख्वा खोला जलविधुत आयोजना (४.७ मेगावाट) निर्माण गर्नका लागि राष्ट्रिय बाणिज्य बैकसँग वित्तिय समझदारी रहेको बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका संस्थापक अध्यक्ष तथा बर्तमान संचालक केदार कार्कीले स्थानीयबासीलाई १० प्रतिशत शेयर व्यवस्था गरेको बताए । उनले भर्ने हामी अब्बल खालको कम्पनी बनाउने कोशिसमा छौ । प्रोजेक्ट बलियो होस् भनेर हामीले गुणस्तरीय सामान प्रयोग गरेका छौ ।”
कार्कीले शेयरधनीहरुको सकारात्मक सुझाव प्रति आभार ब्यक्त गरेका छन् । सेयरधनीको तर्फबाट शत्रुघन श्रेष्ठ, डम्बरु बल्लभ घिमिरे, बैजुनाथ रौनियार, सुदिप श्रेष्ठ, गोविन्द केसी, इन्द्रकृष्ण श्रेष्ठ, निरुपमा लगायतले आफना सुझाव प्रकट गरेका थिए । कार्यक्रममा दावा जाङमु श्रेष्ठ (लामा)ले अतिथि महानुभावहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कम्पनी सचिव डीपी तिम्सिनाले गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया