२०८२ भाद्र ७ | Aug 23, 2025

चिलिमे जलविद्युत् कम्पनीमा ४ सञ्चालक निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८० पुष २२

काठमाडौं २२ पुस २०८०।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीकाे सञ्चालक पदमा सर्वसाधारण समूहबाट ४ जनालाई निर्वाचित गरेको छ । साधारण सभाले प्राधिकरणको पूर्व उपकार्यकारी निर्देशकसमेत रहेकी शान्तिलक्ष्मी शाक्यलाई दोस्रो कार्यकालका लागि सञ्चालक पदमा निर्वाचित गरेको छ ।

त्यस्तै, साधारणसभाले तुलसीराम ढकाल, रामप्रसाद रिमाल र भीमप्रसाद तिमल्सिनालाई पनि सञ्चालकमा निर्वाचित गरेको छ । रिमाल र तिमल्सिनालाई तेस्रो कार्यकालका लागि र ढकाललाई चौथो कार्यकालका लागि निर्वाचित गरेकाे हाे । रिमाल हाल प्राधिकरणका कर्मचारी पनि हुन् । साधारणसभाले कम्पनीका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र नगद लाभांश ५ प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सञ्चालकहरुको बैठक भत्ता र मासिक भत्तामा वृद्धिसमेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया