२०८२ फाल्गुन ६ | Feb 18, 2026

चुनावमा करिव ५ अर्ब बराबरको सहयोग भारत र चीनबाट लिइँदैछ : अर्थमन्त्री खनाल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
2.6k views

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भारत र चीनबाट करिव पाँच अर्ब बराबरको सहयोग लिन लागेको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

मन्त्री खनालले यसरी आगामी चुनावका लागि दुई छिमेकी राष्ट्रबाट लिइने सहयोग आर्थिक सहयोग भने नभएको बताएका छन् । उनले चुनावका लागि प्रयोग हुने भेइकल र विभिन्न इकुमेन्टहरू भारत र चीनबाट सहयोग स्वरुप लिन लागेको बताए । उनले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने भन्दै चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको जानकारी गराएका छन् ।

मन्त्री खनालका अनुसार करिब १२० अर्ब तयारी पूरा नभएका आयोजनाहरुको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको बताए । ती आयोजना मध्ये केहीमा टेण्डर भएका, हुने क्रममा रहेका आयोजनाहरुको भने फुकुवा गरिएको छ । फुकुवा नभएका आयोजनामा रहेको बजेटबाट सरकारले चुनाव र पुनर्निमाणको काम गर्नेछ । अर्थमन्त्री खनालकाअनुसार चुनावमा भारत–चीनको सहयोग लिइँदैछ । छिमेकी देशहरुले खुला दिलले सहयोग गर्ने बताएकाले भारत–चीनबाट चुनावमा सहयोग लिन लागिएको उनले बताए । खनालकाअनुसार त्यो सहयोग आर्थिक सहयोग भने होइन, चुनावमा आवश्यक पर्ने कतिपय सवारीहरु भारत चीनले दिँदैछन् ।

कार्यक्रममा उनले भने– ‘४ हजार योजनामा प्रत्येकको ३–३ करोड छुट्टाइएको रहेछ । ती आयोजनाको पूर्वतयारी केही पनि रहेनछ । अहिले १२० अर्ब त्यसरी पहिचान गरेर रोक्का गरिएको हो । त्यसमध्ये टेण्डर भएको र हुने क्रममा छ र आयोजना चाहिने पनि हो र प्रोजेक्ट बैंकबाट आएको छ भने त्यसलाई फुकुवा गरिदियौँ । त्यसमध्ये ३१ अर्ब फुकुवा गरिएको छ । अहिले पनि ८० अर्ब रोक्का नै छ । त्यसले निर्वाचन, पुननिर्माणलाई चाहिने खर्च पूर्ति गर्छ । निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड हामीले स्वीकृति निकासा पनि दिइसकेका छौं । खर्च हुने क्रममा छ । करिब १७ अर्ब म्यादी प्रहरीका लागि खर्च हुन्छ । इकुमेन्ट, मोटर, भेइकल गरेर २५–२६ अर्ब खर्च हुन्छ ।’

यस्तै, अर्थमन्त्री खनालले ४–५ अर्ब बराबरको भेइकल, इकुमेन्टहरु भारत चीनबाट चुनावका लागि सहयोग लिइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया