२०८२ फाल्गुन ६ | Feb 18, 2026

चूडामणि , सुनिल र मोनिकाको ‘नभेटिने माया’

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
969 views

ललितपुर । वरिष्ठ गीतकार चूडामणि देवकोटा प्रसिद्ध सङ्गीतकार सुनिल मास्के र सिक्किमेली चेली गायिका मोनिका राईको सहकार्यमा  नयाँ गीत ‘नभेटिने माया’ सार्वजनिक भएको छ ।  गीतमा प्रदीप श्रेष्ठको एरेञ्ज रहेको छ  । गीतको भिडियोमा  गायिकाकै  अभिनय रहेको छ । 

प्रायः देश प्रेम र राष्ट्रियता झल्किने गीत  लेख्ने कवि एवं गीतकार देवकोटाका प्रेम गीतहरू पनि सार्वजनिक हुँदै आएका छन् । गीतकार सङ्घका पूर्व अध्यक्ष गीतकार देवकोटा र सङ्गीतकार सङ्घ नेपालका पूर्व उपाध्यक्ष सङ्गीतकार मास्के नेपाली सङ्गीत क्षेत्रका मिलनसार सर्जकका रूपमा परिचित छन् ।

गीतकार देवकोटा र सङ्गीतकार मास्केका छुट्टा छुट्टै दर्जनौँ सृजना यस अघि सार्वजनिक भैसकेका छन् । यो भने दुवैको पहिलो सहकार्य हो ।  युवराज वाइवाले निर्देशन गरेको भिडियो सङ्गीतकार  मास्केकै  अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया