२०८२ भाद्र ७ | Aug 23, 2025

चौथो म्यूजिक खबर तीज म्यूजिक अवार्डको आवेदन खुला, अनलाईनमार्फत् पनि सहभागी हुन सकिने 

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ८

ललितपुर । ।आटिष्ट अफ नेपालको प्रस्तुतिमा विगत ४ वर्षदेखि नियमित हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रूपमा आव्हान गरिएको छ । शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तीज अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउनेछन् । पहिलो वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड दोस्रो वर्षबाट भने अनलाइन मिडिया म्यूजिक खबरले ब्रान्डिङ गरेको छ । म्युजिक खबर तीज अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले चौथो म्यूजिक खबर तीज  अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताइन् । समारोहमा साङ्गीतिक क्षेत्रमा मौलिकतामा जोड दिएर योगदान पु¥याउने तीन नारी ‘त्रिदेवी सङ्गीत सम्मान’द्वारा सम्मानित हुनेछन् ।  

यो अवार्ड आगामी भदौ ५ गते गोङ्गबुस्थित बिजी बैंकटको हलमा समापन गरी अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमसँगै तिज फेस्टिभल मनाउँदै चेलीबेटीहरूलाई दर खुवाउने कार्यक्रमसमेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिइन् । उनले भनिन् – ‘तीजका अवसरमा थुप्रै गीतहरू सार्वजनिक हुने गरेका छन् । सांस्कृतिक पर्व तीजको एउटा विशेषता गीत सङ्गीत पनि हो । तीजकै अवसरमा तीजको मर्म बोकेर सार्वजनिक भएका गीतका स्रष्टा वा सिर्जनालाई तीजका स्रष्टाहरू पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्डको थालनी गरेका हौँ ।’ 

तीज अवार्डका लागि साउन ३१ गते सम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान रहेको छ ।  सहभागी हुनका लागि म्यूजिक खबरको कार्यालय, सामाखुसीमा फाराम उपलब्ध छ । डिजिटल माध्यमबाट सहभागी हुनका लागि एभेन्टोज डटकम मार्फत आफ्नो सिर्जनालाई सहभागी गराउन पाइनेछ । 

गीत समावेश गर्नका लागि लिंक –– https://service.aventoz.com/formBooking/68822cf4a375d1753361652

फेसबुकबाट तपाईको प्रतिक्रिया