२०८२ भाद्र ६ | Aug 22, 2025

चौध वर्षमा पनि कमलामा पुल बन्न नसक्दा डुङ्गाकै साहारा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८

सिरहा । सिराहाको कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै पनि सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ । यति लामो समयसम्म पनि पुल निर्माण हुन नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । अहिले पनि त्यहाँका स्थानीयहरुको सहारा डुङ्गा बनेको छ ।

त्याँका स्थानीयहरु दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन्। हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने बाध्यता त्यहाँका स्थानीय बासिन्दाको रहेको छ । वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै डुङ्गा चढ्न पनि डर लाग्ने, तर यसको विकल्प पनि नभएको स्थानीयहरु बताउँछन् । 

सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ । नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोगको प्रतिमोटरसाइकल रु १०० र प्रतिव्यक्ति रु ५० तिर्नुपर्ने बाध्यता छ ।

कमला नदीमा पुल बन्न नसक्दा वारी पारी गर्नुपर्ने पैदलयात्रीले बाँसको फड्के वा डुङ्गाबाट नदीपार गर्नुपर्ने बाध्यात्मक अवस्था छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया