
ललितपुर। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएपनि यसले न्याय दिन नसक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
छानबिन समिति गठन नगरेसम्म बैठक बहिष्कार गर्छौ भन्दै आएका यी दुई पार्टीले समिति गठन भए पश्चात् पनि यसप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका छन् । दुई पार्टीले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले न्याय दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिस्कार गरेका हुन् ।
समितिको नेतृत्वमाथि नै दुई दलले अविश्वास प्रकट गरेरेका छन् । यो कर्मचारीको उच्चस्तरीय छानबिन समिति र यसले न्याय दिन सक्दैन भन्दै दुवै दल सदनबाट बाहिरिएका छन् । न
पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।
भिजिट भिसा प्रकरणमा अध्यागमन भिजिट भिसा छानविन उच्चस्तरीय समति गठन गरेको गृहमन्त्री रमेश लेखकले संसदलाई जानकारी गराए पश्चात् राप्रपाका प्रमुख सेचतक ज्ञानेन्द्र बहादुर शाहीले असन्तुष्टि जनाएका हुन् । उनले आफूले १४ जना गृहमन्त्री उपर छानबिन होस् भन्दै गर्दा तिनैलाई उन्मुक्ति दिनका लागि कर्मचारीहरु संलग्न छानबिन समिति बनाएकोमा आपत्ति जनाउँदै बैठक बहिष्कारको घोषणा गरे ।
यससँगै रास्वपाले पनि छानबिन समितिमा आफ्नो असन्तुष्टि रहेको भन्दै सदन बहिष्कार गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया