|
|
२०८२ मंसिर ३
3.4k views

दिनहुँ प्रोफाइल हेर्ने गर्छ
कनीकुथी स्टाटस पनि पढ्छ
न त अगाडि पर्छ न फोन गर्छ
लुकीलुकी सबै चियो गर्छ
छुच्चो मान्छे !
अरुका अगाडि चेपारे पार्छ
एक्लै हुँदा धारे हात लाउँछ
भित्रभित्रै डाहाले जल्छ
हुलमा भेट्दा हाँसेझै गर्छ
छुच्छो मान्छे !
स्वार्थ बोकेरे घरि घरि धाउँछ
दुनो सोजिएपछि अलि पर भाग्छ
दुनियाँका अगाडि लपक्क पार्छ
व्यवहारले भने भुतुक्कै मार्छ
छुच्चो मान्छे !
यता पनि चुच्चो मिलाउँछ
उता पनि चुच्चो मिलाउँछ
मल्हम पट्टी लाएझै गर्छ
तर घाउँमा नून हालेरै छाड्छ
छुच्चो मान्छे !
आफूलाई सँधै ठूलो ठान्ने
अनि गन्ने मान्ने साह्रै जान्ने
चिल्लो घस्न राम्रै जान्ने
कुराकारिताको भण्डारै ठान्ने
छुच्चो मान्छे !
घर बिगार्ने थर बिगार्ने
भेष बिगार्ने देश बिगार्ने
हे गणपति विघ्न विधाता
तिनको मति कहिले सपार्ने ?


















फेसबुकबाट तपाईको प्रतिक्रिया