ललितपुर । आइतबार मात्र २० अर्ब रुपैयाँ निक्षेप खिचेको राष्ट्र बैंकले आज फेरि २५ अर्ब निक्षेप खिच्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गएपछि तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
राष्ट्र बैंकले यसपटक १६ दिनका लागि मात्र यसरी रकम खिच्न लागेको हो ।
हाल कुल निक्षेप ७५ खर्ब भन्दामाथि पुगिसकेको छ । पछिल्लो समय निकै छिटो छिटो केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने केन्द्रिय बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा यसरी निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया