२०८२ भाद्र ६ | Aug 22, 2025

छ करोड लागतमा अस्पताल भवन निर्माण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु. ६ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो ।

वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ । भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गादान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया