जनता बैंकको संचालकमा सैंजु
बिजनेसपाटी ६ मंसिर ।
जनता बैंक नेपालको संचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ । सैंजुलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उहालाई पद तथा गोपनियताको सफद ग्रहण गराए ।
बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्र विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने विश्वास लिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया