जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी ४ खर्ब ४८ अर्ब

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १२
|
816 views

ललितपुर - ललितपुर । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युत् क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । हाल बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको झण्डै ८ प्रतिशत जलविद्युत क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकहरुले विद्युतमा ४ खर्ब ४८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८३को भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५६ खर्ब २७ अर्ब ५ करोड रुपैयाँ जलविद्युत क्षेत्रमा लगानी गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरू अग्रस्थानमा छन्। वाणिज्य बैंकहरूले मात्रै ४ खर्ब ४० अर्ब ३ करोड रुपैयाँ जलविद्युत् क्षेत्रमा लगानी गरेका छन्। विकास बैंकले ८ अर्ब २८ करोड, फाइनान्स कम्पनीले ४६ करोड ३० लाख लगानी गरेका छन्।

    २०८५ असारसम्म न्यूनतम १० लगानी १० प्रतिशतले पु¥याउने लक्ष्य राष्ट्र बैकले लिएको छ । बैंकले जलविद्युत् क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्र घोषित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सीमा तोकेर लगानी गर्न निर्देशन जारी गरेको छ। यसअनुसार वाणिज्य बैंकहरूले २०८२ असारसम्म कर्जाको न्यूनतम ७ प्रतिशत जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्छ।

    चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंकहरूले यस क्षेत्रमा गरेको लगानीमा शीर्ष स्थानमा कुमारी बैंक ४२ अर्ब ९७ करोड, नबिल बैंक ४० अर्ब ८६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३२ अर्ब ३७ करोड, एनएमबि बैंक ३० अर्ब ७५ करोड, स्टान्डर्ड चार्टर्ड बैंक ८ अर्ब ४३ करोड र लक्ष्मी सनराइज बैंक २९ करोड ८२ लाख रुपैयाँ रहेका छन्।

    राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निम्न बैंकले उर्जामा लगानी (रु १० लाखमा) गरेका छन्ः

    नेपाल                     १६,००९.८७           राष्ट्रिय वाणिज्य                      २५,३३८.८३

    नबिल                     ४०,८६१.९१           नेपाल इन्भेष्टमेन्ट मेगा          ३२,३७३.४८

    स्टान्डर्ड चार्टर्ड       ८,४३४.५१             हिमालयन                            १७,६४२.६४

      नेपाल एसबिआई    १०,०५८.०९           एभरेष्ट                                    २०,२३८.०९

      एनआइसी एसिया   २,१४७.८६             माछापुच्छ्रे                            १४,३५१.०७

      कुमारी                    ४२,९७०.९६           लक्ष्मी सनराइज                      २९,८२२.५०

      सिद्धार्थ                    १९,८७७.८२           कृषि विकास                          १०,०५३.९८

      ग्लोबल आइएमई    २७,१५४.४४           सिटिजन्स                                 २१,१८३.०६

      प्राइम कमर्सियल     २६,१६०.९१           एनएमबि                                 ३०,७५५.५५

      प्रभु                        १९,६३३.९६           सानिमा                                   २४,९६८.४३

      जम्मा                      ४४०,०३७.९६

      स्रोत: नेपाल राष्ट्र बैंक

       पात्रो/राशिफल  रेडियो YouTube