२०८२ आश्विन १६ | Oct 02, 2025

जस्मिन पेन्ट्सले ल्यायो यस बर्ष पनि “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग” ग्राहक उपहार योजना

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
255 views

ललितपुर । नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग” ग्राहक उपहार योजना– २०८२ संचालनमा ल्याएको छ । आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो ।


यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत बिभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन। विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस उपहार योजना मार्फत एक हजार बयासी जना ग्राहकहरूले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।


जस अन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् । यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रुपमा “नेपाली मनको रङ” भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पु¥याइरहेको छ। अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय रङहरु उत्पादन गर्दै आईरहेको यस कम्पनि घर रङरोगनको लागि नेपालि पेन्ट्सहरु मध्ये ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया