जहाजको नयाँ भाडादर

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १७
|
459 views

ललितपुर - ललितपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर तोकेको छ ।

प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

यस्तै काठमाडौं धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।

तय भएको दरभन्दा बढी रकम लिएर टिकट विक्री गरेको पाइएमा कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube