२०८२ भाद्र १२ | Aug 28, 2025

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १२

धनगढी । डडेल्धुरामा आज विहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका(५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटना बिहीबार बिहान ८ बजेतिर भएको थियो । उक्त दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ।

जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

चामाबाट डडेल्धुरातर्फ गइरहेको उक्त जिपमा १० जना सवार थिए ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement