जुम्ला कर्णाली 

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
2.7k views

ललितपुर - रुपा रिसाल

बाहुबलीको हातमा सञ्चार संयन्त्र

    जुरुक्क जुरमुराउँदै नियाल्छ कर्णाली

    पलभरमै गाउँको दृश्यमा साट्दै छ

    परदेशमा सिँचिने बाका मुहार हेर्न ।

    सयौँ पाखुरीको बलमा देश उचाल्न

    पहाडी कन्दराकी कलकल हिमा झैँ 

    एकसुरा सुसाइरहेकी तिला कर्णाली 

    पहेलपुर धानका फाँटमा शान्ति छर्न

    मार्सिधान र पहिचान गौरवमय बन्दै  ।

    छर्लङ्ग न्वारान गरेका स्याउका बोटहरू

    बैँसको भाका हाल्दै छन् चिचिलाहरू

    जुम्लीका मुहार जस्तै राताम्य शरद्

    ऊ पर सिंजाकोट टाकुरा मुस्काउँदै

      बोलाई रहेछ धैर्य वान पहरा चट्टानले

      विशाल चोडा छाती फुलाएर नेपाली

      भाषाको उद् गम स्थल र समृद्धिमा 

      ईतिहास साक्षी राख्दै चिसा सिरेटोमा

      सिलोट र शिलालेखको अनुसन्धानमा ।

      रुपा रिसाल

      देवदारका रुखहरू हजारौँ वर्षदेखि

      तिम्रै प्रतीक्षामा अथक रूपले बाँचिरहे

      स्वागत गर्दै छन् कर्णालीका भोगाइहरू

      स्वावलम्बी हुन भविष्यका कर्णधारहरू

      मुटुमा अदम्य साहस बटुलेर एकनास 

      दुख कष्ट जीवन जगतको अध्ययन गर्न

      चाटिरहेछ अजङ्गको चट्टानको रङ्गहरू

      धानिरहेछ अर्ग्यानिक सिमीका बोटहरू

      बाहुबलिको आगमनको आशा र भरोसामा ।

       पात्रो/राशिफल  रेडियो YouTube