जूनकीरी कविताभित्र युगकवि सिद्धिचरण श्रेष्ठ

 

स्वयम्भू शाक्य

राज्यमा जताततै उन्धकार छ । अन्धकार अँध्यारो हो । अँध्यारोभित्र दानवको राज चल्छ । आँखाले देख्दैन्, मनले हेर्न सक्दैन । जे गरे पनि मनले नमाने पनि के भैरहेको छ हामीले थाहा पाउन सक्दैनौं । त्यसैले जङ्गली कानूनमा हिँस्रक जनावरले दिनमा होइन् रातको बेला आफ्नो आहार खोज्न थाल्दछन् । रात मान्छेको हुन सक्दैन । यो त प्राणीहरूको विश्राम गर्ने थलो हो । थकाई लागेको बेला शरीरलाई आराम गर्ने समय हो । त्यसैले होला रात चकमन्न छ । औंसीको रातमा पूर्णिमाको रात लुकेको छ । प्राणीहरूको आ–आफ्नो कर्म सकेर आँखा निदाउँने संसारको नियम हो । प्रकाश विहीन भएर आँखाले नदेख्ने अन्धकार बनेर आज जताततै राज्य अध्यारो छ । उज्यालोको आशामा रातले उषाको सुनौलो किरणलाई खोज्दैछ ।

?

अँध्यारो ,मानव जीवनको ग्रहण हो । चन्द्र र सूर्यलाई शनिको दशा हो । त्यसैले अन्धकारमा दैत्यले शासन चलाएर होला आज मेरो चन्द्र उज्यालोको खोजीमा हार मानेर लुकिसकेको छ । हामीलाई थाहा छ, जूनकीरी जूनीजूनीसम्मको लागि जुनेली रात जस्तै यो अन्धकारमा आपूm –आपूmभित्र मात्र होइन अर्काको लागि पनि दीप बाल्न खोज्न पुग्दछ । अँध्यारोलाई धपाई उज्यालोको आशामा जूनकीरी सकि नसकि रातभरी आँखा चिम्मसम्म नगरी बाटो देखाउन युगांै युगदेखि आजसम्म प्रयत्नशील छ ।
जुनकीरी विवेकशील छ । जुनकीरी मानव सेवामा समर्पित छ । अध्यारो बेला आफ्नै शरीरबाट दियो बालेर सकी–नसकी प्रकाश छर्ने उसको बानी छ । त्यसैले जुनकीरीले दिब्यज्ञान प्राप्त गर्नका लागि तपस्या गर्नु आवश्यक छैन । पानी समेत नपिई ब्रत बस्नु उसको धर्म होइन । तैपनि किन यो संसारमा जुनकीरीले अरूलाई बाटो देखाउँछ ? रातभरी आपूm सुत्दै नसुती अरूलाई किन गतब्य देखाउँछ । सानो भएर के भो विश्वमा नअट्ने विवेक रहेछ । कीरैं भएर जन्म भए पनि मान्छेलाई अर्ती दिंदोरहेछ । यो कस्तो जीवन ! बुझ्नै नसक्ने जुनकीरीको कथा युगौं युगसम्म बाँचिरहने जुनकीरीको गाथा ।
जताततै राज्य छ अन्धकारकै,
लुकीसके चन्द्रसमेत हार भै,
तथापि यस्तो धमिलो प्रदीपली,
सयत्न खोज्छौ कुन चीज जुन्किरी ?
हामीलाई थाहा छैन्, त्यो के प्रदार्थ हो जुन मेदिनी विष बनेर यो धर्तीमा रहेको छ । जसको निमित्त हामील लाखौं प्रयत्न गर्नु पर्नेछ । सधैं नदी र नालाहरू, हरियाली त्यो धकमक पूmलपूmलिरहेका रमणीय बगैचामा अनि खेत खेतमा नाची घुमी आफ्नै पनमा हिँडिरहन्छ । हामीले प्रयत्न गर्नुपर्छ चाहे त्यो विशाल कालो तमको घडा चिर्न नै किन नहोस् । समयले घनघटा फाटे जस्तै हामी पनि नदी बनेर त्यो रमणीय बागभित्र फुलेका पूmलहरूलाई सिन्चित गर्नुपर्छ । खेत खेतमा घुमेर अन्न र उप्जनीलाई राम्रोसँग हुर्काउनु पर्छ । किनकी जीवन खेत र बाग हो । जीऊनका लागि खेत हाम्रो आधार हो । यो अन्न–पानीको शरीरमा बागभित्र हुर्केका हामी पूmल हौँ । रङ्गीचङ्गी नानाथरीका रूप लिएर पनि हामी सबै बागभित्रका परिबार हौं । त्यसैले कालो ,विशाल, अन्धकार र अज्ञानको घडा इन्द्रको वज्रले प्रहार गरि चिराचिरा पारेर यो धर्तीमा सिञ्चित गर्नका लागि युगकवि आफ्नो पटुका कस्दैछन् ।
पदार्थ हो त्यो कुन मेदिनीविषे ?
प्रयत्न यस्तो जसको निमित्तमा,
सधैं नदी, बाग र खेतमा घुमी,
विशाल कालो तमको घडा चिरी ।
संसार चाहार्नु पर्दछ तब मात्र हामीले थाहा हुन्छ कि यो भवःसागरमा के भैरहेको छ । त्यसैले कुना कुनासम्म पसेर समस्त हालखबर बुझेर मात्र यो संसारमा के भैरहेको छ अनि के हुनलागिरहेको छ भन्ने कुरा हामीले थाहा पाउन सकिन्छ । होला दुई चार पाइला टेक्दैमा सब तत्वखुल्न सक्दैन । सब तत्वको लागि इनार भंैंm गहिरिएर मन मस्तिष्कभित्र दियो बाल्न सक्नु पर्दछ । अन्यथा केवल आँखाले मात्र देखेर हुन्दैन् मनको आँखाले समेत देख्न सक्नुपर्दछ ।
हो ,केही पाउनका लागि केही गुमाउँन सक्नु पर्दछ । नगुमाई हामीले केही प्राप्त गर्न नसक्दो रहेछ । यो धर्तीमा आँशु के हो र यसको मूल्यकति छ भनी थाहा नपाउने मान्छेले प्रगति गर्ला भनी विश्वास गर्न कठिन छ । हामी भन्छौं सानो कुरालाई सुष्मरूपले अध्ययन गर्न सक्नु पर्दछ । जसको कारणले सबतत्व खोल्न सजिलो हुन्छ । त्यसैले होला यो विशाल संसार सबै ठाउँमा चाहारेर हेर्नु पर्छ । एताउता आपूmले खोजेको कुरा कहिलेकाहिँ नपाउन पनि सक्छ । जताततैं आँशु बगेर यो संसार विरक्त भएको बेला बिजुली चम्की घनघोर असिना र पानी पर्न सक्छ । त्यसैले अश्रु, ब्यथाको धुँवा हो । दुःख, कष्ट र पीडाले पोल्दा बोल्न नसक्ने सांकेतिक भाषा हो ।
जूनकीरी सानो छ । सानोभित्र जूनकीरी प्रिय भएर बाँचिरहेको छ । यो धर्तीलाई बाटो देखाएर, जुनी जुनीसम्म गुण तिर्न नसकिने गुणी बनेर, प्रिय सानु जुनकीरीले आफ्नो प्रकाश प्रवाह गर्दैछ । जानेर या नजानेर होला जुनकीरीको मनमा पाप नभएर होला यो घाम छायाँको जिन्दगीमा जुनकीरीले सत्कर्म गर्नुपर्छ भन्ने थाहा पाएर आजसम्म अतुतरूपमा स्वधर्म निभाई रहेको छ । त्यसैले होला युगकवि भन्दछन् ।
समस्त संसार चहार बेसरी
विलास औ हास मिलिन्न क्यै गरी
जताततै हेर्नु छ तप्त अश्रुकै
प्रवाह खाली प्रिय सानु जुन्किरी ।
जूनकीरी तिम्रो त्यो अति उच्च भावनाको कदर गरि तिम्रैं आदर्शको पाठ हामीले पनि सिक्नु छ । मन मस्तिष्कमा अनि मानवीय जीवनको उद्धारको लागि अँध्यारो बाटोमा मैले तिमीलाई अनि तिमीले अरु कसैलाई दियोको बत्ती बाली जूनकीरी जस्तो उज्ज्यलो दिई विश्व चहार्नु छ । अन्धकारलाई उज्यालो पार्न, निभेको दीयोलाई फेरी बाल्न हामी जुनकीरी बनेर प्रत्येक मान्छेको मन र मस्तिष्कमा पस्नु छ । आगोको झिल्को बनेर मैले तिमीलाई तिमीले अरूलाई मनको अध्यारो खोल्नु छ । सुखी बन्नका लागि हाँसीखुशी जीवन बिताउँनका लागि मनका ब्यथाहरूलाई पानीले पखाल्नु छ । मन चङ्गा पार्न आकाश भैंm निर्मल बनाउन प्राणीहरूको नयनमा आँशु सुकाउनु छ । त्यसैले भनिन्छ, रातमा भन्दा उज्यालोमा चिसो चाँदै सुक्ने गरिन्छ । यो भवसागरमा हामी पञ्चतत्व मिली बाँचेकोले होला मृत्यु पश्चात् पनि पञ्चतत्वमा नै विलिन हुनु पर्दारहेछ । किन होला, ईश्वरले हामीलाई पञ्चतत्व सापटी दिएर पठाएकोले होला ? जहाँबाट सापटी लिएर आएको हो त्यही त्यही तिर्नु पर्ने यो हाम्रो नियम रहेछ । हामीले पैंचो तिरेर जीवनको अन्तिम यात्रामा जुनकीरीको भाग्य लिनु छ । जुनकीरी जस्तै हामी पनि दीयो बालेर समस्त प्राणीहरूलाई चेतनाको प्रकाश छर्नु छ । त्यसैले जूनकीरी जीवनको सार हो । मुहानबाट झर्ने पानीको धार हो । अँध्यारोमा बल्ने दियोको प्रकाश हो । युगौंयुगसम्म देख्न सक्ने आँखाको नानी हो ।
छँदैछ तिम्रो अति उच्च भाव त्यो
लिएर त्यो भाव चहार विश्वमा,
अनी सुकाऊ तिमि तप्त अश्रु त्यो
यही छ खाली भव सार जुन्किरी ।
युगकवि सिद्धिचरण श्रेष्ठ जुनकीरी जस्तै जुन दिएर अनन्त कालसम्म बाँचिरहेका छन् । कहिले ननिभ्ने अखण्ड ज्योति बालेर आपूm सदाका लागि समाहित भएका छन् । त्यसैले होला कुरो सानो नै किन नहोस्, ज्ञानको ज्यातिले यो संसारलाई उज्यालो पार्न सकोस् । आँखा भएर पनि ठीक–बेठीक छुट्याउन नसक्ने मान्छेलाई विवेकले सदाका लागि आँखा खोलि देऊन् ।

प्रकासित मिति २०७७–८–२९

फेसबुकबाट तपाईको प्रतिक्रिया