२०८२ आश्विन १६ | Oct 02, 2025

जेनजीको आन्दोलनले देशमा सकारात्मक परिवर्तन हुनुपर्ने गोल्छाको भनाई

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
612 views

ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघ पूर्वअध्यक्ष शेखर गोल्छाले ‘जेनजी’को आन्दोलनले देशमा सकारात्मक परिवर्तन हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवपुस्ताले देखेको नयाँ नेपालको सपना पूरा भए आफ्नो परिवारमा परेको प्रभावबाट निराश नहुने उल्लेख गरेका छन् ।

उनले अन्धकारपछिको उज्यालोले सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् भनेर शुभकामना पनि दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया