२०८२ आश्विन १६ | Oct 02, 2025

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
255 views

काठमाडौं । न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा र म्याकबुकमा ५ प्रतिशत अनि आइफोन र म्याकबुकका एसेसरीजहरुमा २० प्रतिशत छुट पाउने भएका छन । त्यस्तै क्रेडिटकार्ड होल्डरहरुले भने इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।

सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंक लिमिटेडका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठको संयुक्त हस्ताक्षर भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया