
ललितपुर । ज्योति विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवद्र्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै इन्टरबैंक टेलर क्युआरसेवा सञ्चालनमा ल्याएको छ ।
यसको माध्यमबाट ज्योति विकास बैंकका ग्राहकले आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट बैंकको जुनसुकै शाखाबाट नगद निकाल्न सक्नेछन् । बैंकको क्युआरलाई स्क्यान गरी नगद निकाल्न पाइने यो सुविधाले समस्त ग्राहकलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ ।
यसका लागि सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ्ग सुविधा सक्रिय रहेको हुनुपर्छ । ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन । यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्छ। बैंकले ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङ्गको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यका साथ यो सेवा पनि थप गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया