ज्योति विकास बैंकद्वारा देशका ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान

काठमाडौं  १४ पुस , २०७९-ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ूहाम्रो विकास प्रवर्द्धन कोष”मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई ल्राष्ट्रिय आविष्कार केन्द्र द्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले फेटा स्वास्थ्य चौकी(बारा, खैरहनीनगर अस्पताल(चितवन, बघौडा अस्पताल(चितवन,हर्नैया स्वास्थ्य चौकी(रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी(दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र(कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योतिविकास बैंकका विभिन्न पदाधिकारीहरुबाटद्य उक्तअस्पतालहरुका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।बैंकले ूहाम्रो विकासद्य प्रवर्द्धनकोषू मार्फत् “न्यानोनानी”परियोजना( ३ अन्तर्गत हालसालै प्रदेशनं। १का ३अस्पतालहरु बाक्सिला स्वास्थ्य चौकी ( खोटाङ, ओखलढुंगाद्य सामुदायिक अस्पताल र जिल्ला अस्पताल ( इलामलाई एक(एकथान बेबी वार्मर प्रदान गरि ३ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।ज्योति विकास बैंकले डा महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पतालहरुलाई बेबीवार्मर प्रदान गरिसकेको छ।ज्योतिविका सबैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया