ज्योति विकास बैंक र कुमारी बैंकबीच सम्झौता
काठमाडौं,२९ साउन ।
ज्योति विकास बैंक र कुमारी बैंकबीच आज मंगलबार रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली र कुमारी बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरे ।
ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।
हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन । यस आर्थिक वर्ष भित्र बैंकको थप ३० शाखा संचालनमा आउदैछन् ।
यस सम्झौता पश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया