झाँक्रीलाई तीन दिने स्पष्टीकरण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १८
|
612 views

ललितपुर - ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई त्यस पार्टीले स्पष्टीकरण सोधेको छ ।

उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

यही अभिव्यक्तिपछि पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube