२०८२ फाल्गुन ६ | Feb 18, 2026

झापा इनर्जीले गर्यो दोस्रो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २०
|
816 views

ललितपुर । झापा इनर्जी लिमिटेडले आजदेखि अर्थात् भदौ २० गतेदेखि दोस्रो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

यसअघि नै कम्पनीले आयोजना प्रभावित तथा स्थानीय बासिन्दाको लागि ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ।

यो दोस्रो चरणमा भने कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याइ सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया