२०८२ फाल्गुन ६ | Feb 18, 2026

झापा इनर्जीले पायो आईपीओ निष्काशनको अनुमति

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३२
|
1.4k views

ललितपुर । झापा इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन आज अर्थात् असार मसान्तमा स्वीकृती दिएको हो।

बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले जारी पूँजीको २५ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया