२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘टाइगर कप २०८२’ माघ ९ गतेदेखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
1.1k views

ललितपुर । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता “द टाइगर कप”को छैठौ संस्करणमा “खल्ती”ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ ।

यस वर्ष माघ ९ गते देखि माघ १७ गतेसम्म पोखरा रङशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरू यस प्रतियोगितामा सहभागि हुँदैछन्, जस मध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेका छन् ।

यस प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु. ५०० सम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् । राष्ट्रियस्तरमै सबैभन्दा ठुलो भलीबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरूबाट नै देशभरिकै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया