२०८२ फाल्गुन ६ | Feb 18, 2026

टिकटकद्वारा ‘फर यु फीड’लाई थप व्यक्तिगत र सुरक्षित बनाउने टुल सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २२
|
816 views

ललितपुर । टिकटकले आफ्नो ‘फर यु फीड’लाई प्रयोगकर्ताका लागि थप व्यक्तिगत र सुरक्षित बनाउन नयाँ नियन्त्रण टुलहरू सार्वजनिक गरेको छ।

यी टुलहरूको उद्देश्य प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारको सामग्री अझ सहजै पत्ता लगाउन, नचाहिने सामग्री सीमित गर्न मद्दत गर्ने बताइएको छ।

नयाँ फिचरहरूमध्ये ‘म्यानेज टपिक्स’ मार्फत प्रयोगकर्ताले १० भन्दा बढी श्रेणीका भिडियोहरू (जस्तैः कला, यात्रा, खेलकुद आदि) को प्रदर्शन दर समायोजन गर्न सक्छन्। यसले प्रयोगकर्तालाई आफूले रुचाउने विषयका क्रियटर खोज्न सजिलो हुनेछ।

‘स्मार्ट किवर्ड फिल्टर’ले एआई प्रविधि प्रयोग गरी अनावश्यक शब्द र तिनका मिल्दाजुल्दा शब्दहरूलाई फिल्टर गर्न अझ बढी सटिकता दिनेछ। आउने केही महिनामा फिल्टर गर्न सकिने किवर्डको संख्या १०० बाट बढाएर २०० पुर्याइनेछ।

पारदर्शिता बढाउन र प्रयोगकर्तालाई ‘फर यु फीड’ बुझ्न सहयोग गर्न शैक्षिक गाइड पनि जारी गरिएको छ। यसले ‘फर यु फीड’ले कसरी काम गर्छ भन्ने बुझ्न आवश्यक टुल र टिप्सहरू समावेश गर्दछ।

यी अपडेटले किशोर र प्रौढ दुवैका लागि ‘फर यु फीड’ अनुभवलाई सुरक्षित बनाउनमा केन्द्रित छन्। यसअन्तर्गत, आम दर्शकका लागि अनुपयुक्त वा किशोरहरूका लागि संवेदनशील सामग्री सिफारिस नहुने गरी मापदण्ड कडा पारिएको छ।

प्रयोगकर्ताले भिडियो ‘रुचि छैन’ भनी संकेत गर्ने वा ‘रेस्ट्रिक्सन मोड’ सक्रिय गर्ने जस्ता टुल प्रयोग गरी आफ्नो फीडलाई थप नियन्त्रण गर्न सक्छन्। साथै, बारम्बार देखिँदा नकारात्मक असर पार्न सक्ने केही खास प्रकारका सामग्रीको सिफारिस पनि सीमित गर्ने प्रयास गरिने कम्पनीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया